top of page
Search

डिल्ली फोम्बो एण्ड द ब्यान्डको नेपाली गितको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

  • Writer: Dilli Phombo
    Dilli Phombo
  • Apr 8, 2020
  • 1 min read

अङ्ग्रेजी नबोल्दा के पो हुन्छ र,

अङ्ग्रेजी बोलेको के मनले सुन्छ र,

मनले त बोली आएको सानै देखि भाषा नेपाली,

मनले त सिकि आएको आमासँग भाषा नेपाली,

नेपाली मै गाइन्छ नेपाली मै नाचिन्छ,

जहाँ बसेनी आफु त नेपाली भै बाँचिन्छ

डिल्ली फोम्बो एण्ड द ब्यान्डको नयाँ गित नेपालीको म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक गरीएको ७ मिनेट लामो उक्त भिडियोलाई २४ घण्टा भित्र नै १७ सय भन्दा बढी दर्शकले हेरीसकेका छन ।

सुल्तान इधिङ्गोको निर्देशन र निर्माणमा बनेको भिडियोमा शान्तीराम राई, दिपेन्द्र राई र तिर्थराज बराईलीले अभिनय गरेको छ । त्यस्तै मोडलहरूमा सरूपा थापामगर, अनिला क्षेत्री, प्रज्ञा भण्डारी, मेरीन तुम्सा, लिसरा थापामगर, रूबी लिम्बु र शालु कुंवर रहेका छन ।

नेपाली गितमा शब्द, संगित र आवाज गायक फोम्बोको नै रहेको छ । त्यस्तै गितको लिड गिटारमा समिर ह्युज, बास गिटारमा मनि लिम्बु, रिदम गिटारमा अल्भिन श्रेष्ठ र ड्रममा पल गहतराज रहेको छ । यस्तै, भिडियोमा भेषभुषाका लागी संयोजक मनिकुमार लिम्बुले र सरस्वती योगी रेहका छन भने मेकअप डेजी नेल आर्टका तरूना राईले गरेका हुन ।


 
 
 

Comments


bottom of page