गायक डिल्ली फोम्बोले चैत्र महिनाको भाडा छुट दिने, लकडाउन बढे बैशाखको पनि छुट गरीने
- Dilli Phombo
- Apr 8, 2020
- 1 min read
धरान (२०७६-१२-१७) – गायक डिल्ली फोम्बोले धरान १६ स्थित घरको बहालमा बस्ने परीवारलाई चैत्र महिनाको भा

डामा छुट दिने बताएका छन । हाल उनको घरको भुइतल्लामा दुई परिवार बस्दै आएका छन ।
'लकडाउनमा सरकारको आग्रह अनुसार मेरो घरमा बस्दै आएको परिवारलाई एक महिनाको भाडा छुट दिने निर्णय गरेको छु' उनले भने, 'यदि लकडाउन बढेमा वैशाख महिनाको समेत छुट दिने सोच बनाएको छु ।' घरभाडाबाट मासिँक १५ हजार उठ्ने गायक फोम्बोले बताए ।
उनको घरमा बस्ने एक परिवार दैनिक ज्यालादारी गर्दै आएको छ जसमा श्रीमान, श्रीमती र छोरी गरी ३ सदस्यका छन । त्यस्तै, अर्को परिवारमा समेत ३ सदस्य छन्, जसमा श्रीमान सामान्य ठेक्का गर्ने, श्रीमती शिक्षिका र एक छोरी रहेका छन् ।
Комментарии